अस्ट्रेलिया लगातार पाँचौं पटक विश्वकपमा छनोट

काठमाडौं, ३१ जेठ ।अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुमाथि पेनाल्टी शुटआउटमा जित निकाल्दै अस्ट्रेलिया आसन्न फिफा विश्वकपमा छनोट भएको छ।
कतारको अहमद विन अली रंगशालामा नियमित । अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी शुटआउटमा अस्ट्रेलियाले ५-४ गोलअन्तरमा खेल जितेको हो ।
पेनाल्टी शुटआउटका लागि अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले गोलरक्षक कप्तान म्याट रायनको स्थानमा एन्ड्र्यू रेडमाइनलाइ सब्स्टिच्यूड गरी ठूलो जोखिम उठाएका थिए । सिडनी एफसीका ३३ वर्षीय एन्ड्र्यूले यसअघि नेपालसँग खेलेका थिए । त्यो नै प्रतिस्पर्धात्मक प्रतियोगितामा अस्ट्रेलियाका लागि उनको एकमात्र खेल थियो ।
सन् २०२१ को जुन ११ मा विश्वकप छनोटको दोश्रो लेग अन्तर्गत कुवेतमा भएको नेपाल र अस्ट्रेलियाबीचको खेलमा खेलेयता एन्ड्र्यूले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । उनले सन् २०१९ मा दक्षिण कोरियासँगको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका हुन् ।
एन्ड्र्यूले पेरुका लागि अन्तिम पेनाल्टी प्रहार गरेका एलेक्स भालेराको प्रहार बचाएर टिमलाई आगामी नोभेम्बरमा पुनः कतार आगमन निश्चित गरेका थिए । सन् २००६ यता अस्ट्रेलियाले सबै विश्वकप खेलेको छ ।
अस्ट्रेलियाले समूह डी मा साविक विजेता फ्रान्स, डेनमार्क र ट्यूनिसियासँग खेल्नुपर्नेछ । कतार विश्वकपका लागि छनोट हुने अस्ट्रेलिया ३१औं देश हो । अन्तरमहादेशीय प्लेअफ अन्तर्गत मंगलबार ओसियानाबाट छानिएको न्युजिल्यान्ड र उत्तर अमेरिकाको कोस्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ । सो खेलपछि कतार विश्वकपमा सहभागी टिम संख्याले पूर्णता पाउनेछ।

 

Facebook Comments Box
TOP
Shares