कुकुरले टोक्दा चितुवा ठहरै

काठमाडौँ । कुकुरले टोकेर कास्कीको माछापुच्छ्रेमा एउटा चितुवा मरेको छ । शनिवार दिउँसो स्थानीयको बाख्रा खोरमा छिरेको चितुवालाई नियन्त्रणमा लिने क्रममा २ वटा कुकुर छोडिएको थियो । सोही कुकुरले आक्रमण गरेर मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार कुकुर पनि घाइते भएका छन् । ‘वयस्क चितुवा हो । आहारा खोज्न निस्केको बेला खोरमा पसेछ,’ उनले भने, ‘कुकुरले चितुवामाथि आक्रमण ग¥यो । चितुवा म¥यो, कुकुर घाइते छन् ।’

एक्यापको टोली, प्रहरी र जनप्रतिनिधि समेतको रोहबरमा चितुवालाई गाडिने छ । स्थानीय डन्डे परियारका अनुसार उक्त चितुवा अघिल्लो साँझ नै रुखमा चढेर बसेको थियो ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
366 Shares