बर्खे झरी पर्न केही दिन लाग्ने

काठमाडौं ।

नेपालमा यो पटक औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि अझै देशभर फैलन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मात्र छ ।

बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । मनसुनी वायु गण्डकीभन्दा पश्चिम प्रवेश गर्न नसक्दा ती क्षेत्रमा अझै बर्खे झरी पर्न सकेको छैन । पूर्वी र मध्य नेपालमा भने नियमितजसो वर्षा हुने गरेको छ । आइतबार बिहान पनि बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भएको छ ।दिउँसो प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा वर्षाको आकलन गरिएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ । वर्षाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम आँकलन गरिएको छ भने तराई एवं चुरेका नदी नाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने ठानिएको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares