चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF) सँगको सहकार्यमा शुक्रबार गोकर्ण हाउस झम्सिखेलमा कार्यक्रम भएको हो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष सागर श्रेष्ठले चिनियाँ फोटोग्राफरहरुसँग अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रमको अवसरमा उनले सु छुइ लगायत फोटोग्राफरसँग सहकार्य गरेर अघि बढ्न प्रस्ताव समेत गरेका छन् । ‘आगामी दिनमा एनएफपिजे नेपाललाई पनि चीनको कला, संस्कृति र सभ्यता नजिकबाट बुझ्ने मौका दिनु हुन्छ भन्ने विश्वास लिएका छौं ,’ श्रेष्ठले भने ।

त्यस्तै चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइले आफु पहिलो पटक २००८ मा नेपाल घुम्न आएको र अहिलेसम्म ३० पटक भन्दा धेरै नेपाल घुमिसकेको अनुभव सुनाए ।उनले भने – ‘मलाई संसार भर घुमौं फोटो खिचौं भन्ने लागेको थियो जब म नेपाल आएँ, नेपाल नै विश्व लाग्यो र अझै ४०-५० पटक नेपाल आईरहन मन लागेको छ। नेपाल खासै ठूलो छैन तर यहाँको कला संस्कृतिमा धेरै भिन्नता छ र नेपालीको बानी व्यावहारले हामीलाई तान्छ। मेरो बाँकी जीवन चाहीं नेपालको धार्मिक र पर्यटकीय क्षेत्रको भित्रि रुपमा फोटो खिच्न पाउँ भन्ने इच्छा छ।’ नेपालको सुन्दरता चीनसँगै विश्वमा चिनाउने आफ्नो ठूलो रहर रहेकोसमेत उनले बताए ।

कार्यक्रममा एनएफपीजे नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले अन्तरक्रिया कार्यक्रम एकदमै फलदायी रहेको बताए । यस्ता भेटघाट कार्यक्रमले नेपाल र चीनका फोटोग्राफरबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन मद्दत पुर्‍याउने भन्दै आगामी दिनमा दुइ देशबीच हुने सहकार्यले सम्बन्ध अझ मजबुत बनाउने अवसर मिल्ने उनले विश्वास व्यक्त गरे ।

उनले भने- ‘फोटोग्राफर सु छुइले खिचेका नेपालका उत्कृष्ट १०० तस्वीरहरू र नेपालका फोटो पत्रकारले खिचेका उत्कृष्ट तस्वीरहरू चाइनाको कुनै सहरमा प्रदर्शनीमा राख्न सके नेपालमा पर्यटन प्रवर्द्धनका लागि थप टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु। त्यसका लागि राष्ट्रिय फोटो पत्रकार समूहले  के कस्तो सहयोग गर्न सक्छ हामी तयार रहेको जानकारी गराउँन चाहन्छौं, आगामी दिनमा हामीले पनि चीनको कला, संस्कृति र सभ्यतालाई नजिकबाट नियाल्ने अवसर दिनु हुन्छ भन्ने पनि विश्वास लिएको छु।’

कार्यक्रममा नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF)का अध्यक्ष डा. कल्याण शर्माले भाषा सहजीकरण गरेका थिए । कार्यक्रममा चीनबाट आएका फोटोग्राफरलाई खादा र नेपाली टोपीले सम्मान गरिएको थियो भने दुई देशको तर्फबाट एक अर्कालाई मायाको चिनो स्वरुप पुस्तक आदानप्रदान गरिएको थियो ।

कार्यक्रम सफल बनाउन केन्द्रीय सदस्य एवंम अन्तराष्ट्रिय मामिला प्रमुख सुनिल शर्मा, नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF)का अध्यक्ष डा. कल्याण शर्मा, गोकर्ण हाउस झम्सिखेल, संस्थाका सदस्य रमेश शाक्य, अर्चना श्रेष्ठ लगायतको महत्वपूर्ण सहयोग रहेको थियो।

कार्यक्रममा पूर्व अध्यक्ष राज भाइ सुवाल लगायत एनएफपिजे नेपालका  सदस्यहरूको सहभागिता रहेको थियो।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
125 Shares