

खोटाङमा सकियो ७० प्रतिशत रोपाई
खोटाङमा साउन लाग्दा ७० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकामा सोमबारसम्ममा नौ हजार २८ हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।असारमा पर्याप्त वर्षा भएका कारण खोटाङमा विगतको तुलनामा चाँडो रोपाइ भएको हो । बेलामा धान रोप्न पाउँदा किसान उत्साहित छन् । जिल्लाको लेकाली क्षेत्रमा रोपाइ सकिएको र बेँसीमा धमाधम रोपाइ जारी रहेको ज्ञान केन्द्रले जनाएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म ऐसेलुखर्क, केपिलासगढी, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश क्षेत्रमा रोपाइ भइसकेको छ ।
यस्तै, जन्तेढुंगा, बराहपोखरी, खोटेहाङ, दिप्रुङ चुईचुम्मा र रावाबेँसी गाउँपालिकाको बेँसी क्षेत्रमा मात्र हाल रोपाई भइरहेको छ । बेँसी क्षेत्रमा १५ साउनपछि पनि रोपाइ हुने गरेको छ । जिल्लामा कुल १४ हजार एक सय ५९ हेक्टर खेत भए पनि १२ हजार आठ सय ९८ हेक्टरमा धान लगाउने गरिएको छ ।
सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाई हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा वर्षा भएपछि मात्र रोपाई हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाई गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाई हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् । जिल्लामा अटेमार्सी, मकवानपुरे, ताइचिन, रनजित लगायतका धान रोप्ने गरिन्छ ।
दिक्तेल, नेर्पा, खार्पा, हौंचुर, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिमपानी, ईन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरेलगायत ठाउँमा सबैभन्दा बढी धान खेती हुने गरेको छ । सिञ्चित ११ हजार चार सय हेक्टर र आकाशे पानीको भरमा रोपाई हुने तीन हजार आठ सय दुई हेक्टर क्षेत्रमा धान रोपाई हुने गरेको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



