

घुमेर आऊँ भनेर चीन जान लागेको होइनः ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने बताएका छन् ।
काठमाडौंको दरबारमार्गमा शुक्रबार आयोजित जागरणसभालाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको भन्दै भ्रमण अत्यन्तै सफल हुने बताए ।
उनले भने, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’
१७ मंसिरदेखि हुने चीन भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने उनले स्पष्ट पारे ।
उनले अगाडि भने, ‘त्यतिकै यसो घुमेर आऊँ भनेर चीन जान लागेको होइन । देशको हित र भलाइका लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसैगरी हाम्रा भ्रमणहरूलाई सफलता पूर्वक उल्लेख्य ढंगले प्रस्तुत गर्ने गरेका छौं । र, उदाहरणीय पनि हुनेछ यो कुरा ढुक्कले म भन्न चाहन्छु ।’
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





