
अनिश्चितकालका लागि नयाँ राहदानी वितरणको काम ठप्प

काठमाडौं । राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प भएको छ । दुई दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउने काम ठप्प भएको छ ।
राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको हो । यसले गर्दा तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् । हिजो बिहीबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प भएको छ ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल आइतबारसम्म त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा थाल्ने गरी समस्या समाधानको प्रयास भइरहेको बताउँछन् । ‘प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरको छौं,’ उनले भने,’तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुरु हुन्छ ।’
विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गरेको छ । समूहले कम्तीमा ९ मंसिरसम्म यो समस्या समाधान नहुने प्रारम्भिक निष्कर्ष निकालेको पत्रमा उल्लेख छ ।
१० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न विभाग प्रयासरत रहेको बताइएको छ । तर, अधिकारीहरु १० गतेसम्म पनि प्रणालीको समस्या हल हुनेमा आशावादी छैनन् ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
२ दिन अगाडि
2.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





