

रवि र छविसहित १० जनाविरुद्ध पुःन पक्राउ पुर्जी जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सभापति लामिछानेविरुद्ध शुक्रवार सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको हो ।रविसँगै पूर्व डीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पुर्जी जारी भएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले उनीहरुलाई पक्राउ गर्न अनुमति दिएका हुन् । सहारा बचतको रकम अपलचनमा संलग्न लामिछाने र जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । चितवनस्थित सहारा बचतका पीडितले उनीहरू विरूद्ध पूरक जाहेरी दिएका थिए ।साहाराबाट गोरखा मिडियामा अवैध तरिकाले रकम गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पूर्व गृहमन्त्री लामिछाने र जोशी गोरखा मिडियाका सञ्चालक हुन् ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





