गैरआवासीय नेपाली संघ (एनआएनए)को महाधिवेशन अक्टोबरमा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए)को महाधिवेशन अक्टोबरमा हुने भएको छ।

एनआरएनएका महासचिव गौरी राज जोशीले अक्टोबर ११ देखि १४ सम्म महाधिवेशनको निर्णय भएकाले सदस्यता खुला गरिएको जानकारी गराएका छन्।

सदस्यता खुल्ला भइसकेका एनसिसीमा तीव्र गतिमा अघि बढाउन र खुल्ला नभएका एनसिसीहरुमा तत्काल सुरु गर्न  महासचिव जोशीले निर्देशन दिएका छन्।

जनवरी १९ मा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय/पदाधिकारी बैठकको निर्णय अनुसार जुलाई महिनामा एनसिसीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरीसक्न समेत भनिएको छ।संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३-२०२५ कार्यकाल) को आधिकारिता सम्बन्धित विषय उपर सर्वोच्च अदालतले ११ औं महाधिवेशन स्वायत्त रहेको भनेर गरिएको फैसलालाई समेत महासचिव जोशीले स्मरण गराएका छन्।

संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको महाधिवेशन आयोजना गर्ने जनाई विभिन्न  पत्राचार/इमेल एनसिसीहरुमा भइरहेको जानकारी हुन आएको हुँदा उक्त पत्राचार र इमेल संघ सम्बन्धित नभएको र त्यस्तो पत्राचारमा संघको सरोकार नरहेको हुँदा भ्रम/अन्यौलमा नरहि संघको निर्देशनानुसार मात्र कार्य गर्न निर्देशन दिइन्छ,’ जोशीले एनसिसीहरुलाई गरेको पत्राचारमा भनिएको छ, ‘महान्यायाधिवक्ताको कार्यालयबाट राय लिई अघि बढ्ने सम्म सहमति भएको विषयमा परराष्ट्र मन्त्रालयबाट आवश्यक कार्य हुने नै हुँदा संघको गतिविधि र निरन्तरतालाई खलल पुग्ने गरि कुनै पनि समूहबाट कार्य हुन नसक्ने र त्यस्तो कार्य भएमा संघले स्वामित्व समेत नलिने जानकारी गराउँदछौं।’

कुनै हल्ला र भ्रमको पछी नलागि अक्टोबर११ देखि १४ (अशोज २५ देखि २८)मा हुने महाधिवेशन सम्पन्न पार्न समेत एनआरएनएले अपिल गरेको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
229 Shares