टेकुमा कबाडी व्यवसायी र नगर प्रहरीबीच भिडन्त

काठमाडौंको टेकुमा कबाडी व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ।

आइतबार टेकुस्थित कबाडी संकलन केन्द्रका टहराहरू भत्काउन जाँदा दुई जना नगर प्रहरी घाइते भएको नगर प्रहरी इश्वर वाग्लेले जानकारी दिए।

उनका अनुसार नगर प्रहरीहरूले कबाडी गोदाम हटाउन खोजेपछि व्यवसायीहरूले अवरोध गरेका थिए। सोही क्रममा उनीहरूबीच झडप भएको हो।

‘व्यवसायीहरूले सीसाको बोत्तलले नगर प्रहरीमाथि प्रहार गरेका थिए,’ उनले भने, ‘घाइते प्रहरीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।’यस्तै, कवाडी व्यवसायीको तर्फबाट कोही पनि घाइते नभएको उनको दाबी छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
407 Shares