शान्दार म:म ग्यास विस्फोट प्रकरण : दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीमा सञ्चालन हुँदै आएको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका ११ जना मध्ये  २ जनाको मृत्यु भएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो । गत बिहीबार म:म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर  घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२४ घण्टा अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
206 Shares