

नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा हुने
मुना न्यौपाने
काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ ।
नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेवन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच प्रतिस्पर्धा हुनेछ । रेवन्त एक कार्यकाल महासचिव र चार कार्यकाल उपाध्यक्ष भइसकेकाले यसपटक अध्यक्ष हुनपर्ने अडानमा छन् ।
नेपालगञ्जमा भएको १०औँ महाधिवेशनबाट महासचिव पदमा सर्वाधिक मत लिएर विजयी भएका गौतम ११औँ महाधिवेशनबाट उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए । उनले संगठनको भावी कार्ययोजनासहित आफू अध्यक्षमा उमेद्वारी रहेको सार्वजनिक गरिसकेका छन् । भवानी पनि केन्द्रीय महिला विभाग प्रमुख हुँदै एक कार्यकाल उपाध्यक्ष भइसकेकाले अब पहिलो महिला अध्यक्ष बन्ने प्रयासमा छिन् ।
महाधिवेशन प्रतिनिधिहरूबिच समेत निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुनुपर्ने आवाज उठिरहेको छ । जसले गर्दा समेत दुवै पक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने देखिएका हुन् । यही भावनालाई मध्यनजर गर्दै निर्वाचन समितिले निर्वाचन कार्य तालिका सार्वजनिक गरिसकेको छ ।
निर्वाचन तालिकाअनुसार आजै राती ११M०० बजे पछि मतदान हुनेछ । निर्वाचन कार्यतालिका देहायअनुसार रहेको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



