नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा हुने
मुना न्यौपाने
काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ ।
नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेवन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच प्रतिस्पर्धा हुनेछ । रेवन्त एक कार्यकाल महासचिव र चार कार्यकाल उपाध्यक्ष भइसकेकाले यसपटक अध्यक्ष हुनपर्ने अडानमा छन् ।
नेपालगञ्जमा भएको १०औँ महाधिवेशनबाट महासचिव पदमा सर्वाधिक मत लिएर विजयी भएका गौतम ११औँ महाधिवेशनबाट उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए । उनले संगठनको भावी कार्ययोजनासहित आफू अध्यक्षमा उमेद्वारी रहेको सार्वजनिक गरिसकेका छन् । भवानी पनि केन्द्रीय महिला विभाग प्रमुख हुँदै एक कार्यकाल उपाध्यक्ष भइसकेकाले अब पहिलो महिला अध्यक्ष बन्ने प्रयासमा छिन् ।
महाधिवेशन प्रतिनिधिहरूबिच समेत निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुनुपर्ने आवाज उठिरहेको छ । जसले गर्दा समेत दुवै पक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने देखिएका हुन् । यही भावनालाई मध्यनजर गर्दै निर्वाचन समितिले निर्वाचन कार्य तालिका सार्वजनिक गरिसकेको छ ।
निर्वाचन तालिकाअनुसार आजै राती ११M०० बजे पछि मतदान हुनेछ । निर्वाचन कार्यतालिका देहायअनुसार रहेको छ ।
समाज
थप सामाग्री-
आज कार्तिक २४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
‘हाइ प्रोफाइल’ अतिक्रमण रोक्ने महानगरको तयारी, सुकुम्बासी बस्तीमा हलचल
-
जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: ओली
-
पर्सामा ट्राफिक प्रहरीद्वारा खुलेआम असुली सुरु, ‘जेनजी आन्दोलन’को मर्ममै चोट
-
थापाथली विवादमा बालेनका ‘इमानदार सिपाही’ राजुनाथ पाण्डे विवादको केन्द्रमा
सम्पादकीय : आईजीपी नियुक्तिमा लविङ, लोभ र लाजको अन्तिम परीक्षा
२३ घण्टा अगाडि
2.6kViews 388 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीको सर्वोच्च नेतृत्व — प्रहरी महानिरीक्षक (आईजीपी) — देशको कानून…



