डुबेको सहकारीलाई संकटमुक्त गराउने नाममा मन्त्रीका तर्फबाट डरलाग्दो बार्गेनिङ

समस्याबाट पार लगाइदिन्छु भन्दै करोड माग्ने,त्यो पैसा क–कसलाई भाग लाग्ने ?                                            संकटमा परेकालाई तर्साएर रकम झार्न स्वयं मन्त्रीकै मान्छे बिचौलिया बनेर सल्बलाएको प्रमाण भेटिएको छ । पहिला संकटग्रस्त घोषणा गर्दै कागजपत्र जफत गर्ने,सर्वोच्चमा परेको मुद्दा  प्रादेशिक मुख्य न्यायाधिवक्ता लगाएर  रोक्न लगाउने,यसवीच संकटबाट पार लगाइदिने नाममा मन्त्रीले बिचौलियालाई खटाउने,तिनले बाहिर निस्केर पैसाको बार्गेनिङ गर्ने ।

आफू घुस नखाने र अरुलाई पनि घुस खान नदिने प्रधानमन्त्री केपी ओलीको प्रणलाई धज्जी काढ्दै हाकाहाकी घुसको डिलिङ्ग भएको अडियो भेटिएको छ । हज्जारौं बचतकर्ताको रकम अलपत्र पारेर बेलायत भागेका अध्यक्ष भरत महर्जनको सुमेरु अहिले समस्यामा छ,त्यसैलाई मन्त्री र बिचौलियाले थप ‘दुहुनो गाई’ बनाउन खोजेको कथा हो यो । राज्यका हरेक मन्त्रालय र कार्यालयमा यस्ता खेलोमेलो हुने गरेकै कारण संघीयता झन झन बद्नाम बन्दैछ ।

समस्याग्रस्त हुनबाट जोगाइदिन्छु भन्दै मन्त्रीको निकट पात्रले करोडौं मागेकोमा अन्तिममा १० लाखमा कुरो टुङ्गिएको यही अडियोमा सुनिन्छ ।

सो कुराकानी गत शुक्रबार भएको हो । फोनमा दलाली गर्ने बिचौलिया भने नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा खस आर्यको तर्फबाट बागमती प्रदेशका प्रतिनिधि उम्मेदवार राजु बर्तौला हुन् । एलेक्स फेन्सी एण्ड सुज सेण्टर सञ्चालन गरेर बसेका उनी धादिङको गजुरीका स्थायी बासिन्दा हुन् । हाल बागमती प्रदेशमा सहकारीमन्त्री पनि काँग्रेसबाटै छन् । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सहकारीमन्त्री मधुकुमार श्रेष्ठका चेला राजुले उनकै आडमा त्यत्रो रकम मागेको अडियोबाट पुष्टि हुन्छ ।१२ मीनेट ३३ सेकेण्ड लामो सो अडियोमा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई समेत मुछिएको छ । उनले अडियोमा काँग्रेस नेता शिवराज अधिकारीकोसमेत नाम लिएका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहका एक मात्र छोरी ज्वाइँ राजबहादुर सिंहले सकार्छु भनी सँसदीय समितिमा छ महिना पहिले नै कबोल गरेको ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई बाग्मती प्रदेशको सहकारी बिभागले सूचना र स्पस्टिकरणबिना समस्याग्रस्त घोषणा गरेको छ । सो सहकारीका पूर्वअध्यक्ष भरत महर्जन हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ अपचलन गरेर बेलायत भास्सिएका छन् । उनीविरुद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ । यता,केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तीन अर्ब ९३ करोड रुपैयाँ मागदाबी गर्दै ललितपुर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको अवस्था छ ।सो मुद्दाको पेशी भोलिका लागि तोकिएको छ । पूर्वराजाका ज्वाइँले बचतकर्ताको निक्षेप दशैंपछि फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि तिर्न नसकेपछि मन्त्रालयले उसका सबै कारोबार रोक्ने प्रक्रिया अगाडि बढाउन लागेको छ । यसैमा समस्याग्रस्त घोषणा हुनबाट रोकिदिन्छु भन्दै राजुले घुसको बार्गेनिङ गरेका हुन् । आफूले उहिलेदेखि सिग्नल दिएको र अब एक्सनमा जान आवश्यक रहेको भन्दै पैसा मागेको अडियोमा सुनिन्छ ।

१२ मीनेट ३३ सेकेण्ड लामो सो अडियोमा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई समेत मुछिएको छ । उनले अडियोमा काँग्रेस नेता शिवराज अधिकारीकोसमेत नाम लिएका छन् । शिवराजमार्फत आफूसम्म सो कुरा आएको उनको दावी छ ।

राजु भन्छन्,‘मलाई शिवराज दाइले कुरा गर्नुभएको हो । उहाँले त भनिदिने मात्र हो । हामीले एक्सन लिने हो । कर्मचारीले छिनालेको कुरा मैले तपाईंलाई भनेको हो । दाँयाबाँया कुरा केही छैन । सिग्नल त मैले तपाईंलाई उहिल्यै दिएको होइन र ?’ त्यसपछि अर्काे पक्षले जसरी भए पनि सहकारीलाई समस्याग्रस्त हुनबाट रोक्नुपर्छ भन्दै उनीसँग आइडिया माग्छन् ।

उनले भन्छन्,‘यसलाई टुंग्याउनुपर्छ, अलिकति आइडिया देऊ न त ।’ कर्मचारीसँग आफूले मात्र सिधै डिल गर्न सक्ने सुनाउँदै बर्तौलाले शुरुमा एक करोड रुपैयाँ मागेका छन् । पैसाको साटो जग्गा मिलाइदिए पनि हुने उनको भनाइ छ । ‘कर्मचारीलाई जग्गा मिलाइदिएपछि उसले फाइल त… । मैले अहिले हजुरलाई भनेँ नि, समस्याग्रस्त गर्न कर्मचारीको अभाव छ । पत्रिकामा सूचना निकाल्न चार हजार रुपैयाँ पनि छैन क्या ! बुझ्नु भो ? तपाईंलाई मैले भन्न नहुने कुरा भनिदिएको,खासमा सुन्नु न कर्मचारीहरुले आज बेलुका नै सबै स्टडी गर्न लागेको छ क्या । तपाईंलाई मैले सिग्नल दे”को हो,तपाईं अरु विचार गर्नुहोला !’

यिनीहरुले अर्बौं हान्या छ,हामीले एक,दुई करोड खाँदा नि केही हुँदैन जस्तो कुरा गर्या थियो । अहिलेलाई १० जति गर्दा मान्छ कि भन्ने हाम्रो अनुमान हो ।

अर्को पक्षले दुईबीच कुरा मिले पुगिहाल्छ भन्दै उनलाई फकाउन खोजेको छ । मन्त्री श्रेष्ठसँग आशिर्वाद थाप्नेबित्तिकै काम भइहाल्ने उनले उल्लेख गरेका छन् । शिवराजसँग पनि त्यस विषयमा कुराकानी भएको राजुले बताएका छन् । सुमेरु एकदमै समस्याग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै उनले मन्त्री श्रेष्ठलाई धेरै प्रेसर रहेको जनाए । मन्त्रीको भनाइलाई उद्दत गर्दै उनले भनेका छन्,‘मैले आरजुको मान्छेको कति दबाब आउँदा त भाउजू,तपाईंलाई अप्ठेरो पर्छ भनेर फाइल अगाडि बढाइदिएको छु । को मान्छे हो थाहा छैन । शिवराज दाइसँग जोडिएको,मलाई यहाँ टर्चर दिइरहेको छ ।’

एमाले,काँग्रेसका सांसद सहकारीको सेटलमेण्ट गराइदिनपर्यो भनेर मन्त्रालय धाइरहेको राजुको जिकिर छ । प्रदेशमा दर्ता भएका तीन हजार सात सयमध्ये तीन सय सहकारीमा समस्या देखिएको र ती सबैको सेटलमेण्टको भार मन्त्री श्रेष्ठको थाप्लोमा आएको उनले जनाएका छन् । त्यसपछि उनले लम्बाइचौडाइ कुरा गर्नुको साटो कर्मचारीको मुख टाल्न हतारो भइसकेको भन्दै पैसातर्फ इशारा गर्छन् ।

अर्को पक्षले कसरी टाल्ने ? भनेर सोध्छन् । जवाफमा उनले भन्छन्,‘कसरी टाल्ने नि ! तपाईंले ल्याउने,हामीले लगेर बुझाउने । ढुक्क भएर बस्नुस्,तपाईंको फाइल अघि बढ्दैन् ।’ ती व्यक्तिले पैसा बुझाउन मन्त्री श्रेष्ठको सिग्नल चाहिएको बताउँछन् । उनलाई ढुक्क हुन सुझाव दिँदै राजुले खातामा पैसा हालिदिन भन्छन् । कर्मचारीहरुले जति पनि मुख बाउने बताउँदै उनले एक–दुई करोडको डिमाण्ड गर्छन् ।

अर्को पक्षले आफूहरु बचतकर्ताको पैसासमेत फिर्ता दिन नसक्ने अवस्थामा रहेको भनी दुःखेसो पोखेपछि राजुले तत्कालका लागि १० लाख भएमा कर्मचारीको मुख टालिने सुनाउँछन् । वार्तामा उनले आफूलाई मन्त्री श्रेष्ठको सचिवालय सदस्य भनेर चिनाएका छन् । ‘एक करोड, दुई करोड पनि भन्लाजस्तो लाग्छ, तिनीहरुको मुख देख्दाखेरि । यिनीहरुलाई केही फरक पर्दैन । यिनीहरुले अर्बौं हान्या छ,हामीले एक,दुई करोड खाँदा नि केही हुँदैनजस्तो कुरा गर्या थियो । अहिलेलाई १० जति गर्दा मान्छ कि भन्ने हाम्रो अनुमान हो’,राजुको भनाइ हो यो ।

त्यति पैसा दिन नसकेमा के हुन्छ ? भन्ने प्रश्नमा राजुले रवि लामिछाने,बालकृष्ण खाँणको जस्तै हालत हुन्छ भनेर भय देखाउन खोजेका छन् । केस परेपछि पार्टीले बचाउन नसक्ने भन्दै उनले पैसा दिन ढिलो गरेमा कर्मचारीले जाकिदिन बेर नलगाउने बताउँछन् । साथै,मन्त्री श्रेष्ठबाट बुट खाएको प्रसंग पनि निकाल्छन् । आफू भोलि बिहान ७ बजे मन्त्रीसङ्गै हेटौंडा जान लागेको  र उनले आफूले बोलेको नकार्न नसक्ने बताएका छन् ।पैसा पाएपछि सहकारीको रेकर्ड नै सिस्टमबाट मेटाइदिने राजुको जिकिर छ । यता,राजुले भने आफूले पैसा नमागेको दाबी गरेका छन् । सहकारी समस्याग्रस्त हुन लागेको थाहा पाएर जानकारी मात्र गराइदिएको उनको ठोकुवा छ । आफू मन्त्रालयसँग सम्बन्धित व्यक्ति नभएको उल्लेख गर्दै उनले आफ्नो अडियोमा एडिट गरिएको बताए । अनुसा थापा

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
455 Shares