नेपाल प्रहरीका १२ जना इन्स्पेक्टरको काज सरुवा

काठमाडौँ । नेपाल प्रहरीका १२ जना इन्स्पेक्टरहरुको काज सरुवा भएको छ । ललितपुरस्थित प्रहरी प्रभाग पुल्चोकमा इन्स्पेक्टर गम्भीरजंग थापालाई पठाइएको छ । उनी इलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत थिए ।यसअघि पुल्चोकमा कार्यरत रामचन्द्र तिवारी डीएसपीमा बढुवा भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा नितेशकुमार सिंह, चितवनस्थित इलाका प्रहरी कार्यालय माडीमा योगेन्द्रकुमार राई र ट्राफिक प्रहरी वृत्त कालीमाटीमा मिलन पाण्डेयलाई पठाइएको छ ।

धादिङको खानी खोला इलाका प्रहरी कार्यालयमा नन्दराज जैस र ट्राफिक प्रहरी कार्यालय कैलालीमा चक्रबहादुर देउवालाई पठाइएको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
363 Shares