

शक्तिको दम्भ : मेयर अशोक कार्कीले दिए घरबाटै उठाउने धम्की
उदयपुर।शक्ति र सत्ताको आडमा सत्तासीन व्यक्तिहरुमा उन्माद चढ्दै गइरहेको छ। शक्तिको दम्भबाट देशका प्रधानमन्त्री देखि स्थानीय तहका मेयर,वडा अध्यक्ष समेत अछुतो रहन सकेका छैनन् । उदयपुरको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले गाडी दुरुपयोग गरेको विषय फेसबुकमा लेखेको भन्दै घरैबाट उठाउने धम्की दिएका छन् । नगरपालिकाको को १ झ ५३६ सरकारी नम्बरको गाडी दुरुपयोग भएको विषयमा दिनेश शम्र्मा नामको फेसवुक आईडीमा फोटोसहित स्ट्याटस लेखेको विषयमा उनले यसरी धम्की दिएका हुन। ‘तपाईले मलाई चिन्नु भएको छैन। मैले धेरै ठुला–ठुला मिडियालाई कारवाही गरेको छु’ उनले भनेका छन्–‘तपाई जहाँ हुनुहुन्छ, त्यहीबाट उठाउँछु।’
मंगलबार विहान करिव ८ बजे उनकी श्रीमती टीका कट्वाल सब्जी किन्न उदयपुरबाट मेयरको गाडी लिएर सप्तरीको फत्तेपुर पुगेकी थिईन। उनी त्यहाँबाट दुई मुठा रायोको साग, एक पवा अदुवा र कागती किनेर फर्किएकी थिईन। सोही फोटो फेसवकुमा हालेको विषयमा उनले यसरी आक्रोश पोखेका हुन। श्रीमतीको नाम जोडेकोमा उनको आपत्ति छ।
यस विषयमा वेलका नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसँग वुझ्न खोज्दा उनको ९८५२८२९०१९ नम्बरको मोवाईल स्विचअफ छ। नगरपालिका सूचना अधिकारी सञ्जय रेग्मीले भने सरकारी गाडी ब्यक्तिगत प्रयोगका लागि अरु कसैले प्रयोग गर्न नपाईने वताउँदै कार्यालय समयभन्दा अन्य समयमा प्रयोग गर्नै पर्ने भए पासको ब्यवस्था गरिएको जानकारी दिए।तर, त्यो दिन मेयरको गाडी कसरी त्यहाँ पुग्यो र कुन प्रयोजनका लागि गयो भन्ने आफुलाई जानकारी नभएको रेग्मीको भनाई छ। उनी भन्छन्–‘मेयरलाई हामीले आदेश गर्ने र नियन्त्रण गर्न सम्भव नभएकाले पनि हो।’उदयपुरका सीडीओ हरिप्रसाद घिमिरेले सरकारी गाडी प्रयोगको विषयमा हरेक स्थानीय तहलाई सर्कुलर नै जारी गरिएको र गाडी दुरुपयोग भएको विषयमा सवैले आवाज उठाउन पाईने वताए। यद्यपी गाडी दुरुपयोग भएको र उठाउँछु भनेको विषयमा आफुले मेयरसँग कुरा गर्ने बताए।घरबाटै उठाउने धम्की दिने मेयर कार्की नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



