

पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल सरकार निजी क्षेत्रसँग मिलेर व्यवसायी वातावरण निर्माण गर्ने कुरामा अगाडि बढेकाे बताउनुभयो छ । बुधबार काठमाडौंमा टानद्वारा आयाेजित लाेसार कार्यक्रममा गृहमन्त्री लेखकले व्यवसायी वातावरण निर्माणका लागि सरकारले अध्यादेश जारी गरेकाे बताउनुभयाे ।
“व्यवसायी वातावरण निर्माणका लागि सरकारले भरखर केही अध्यादेश जारी गरेका छाैँ । अध्यादेश संघीय संसदबाट स्वीकृत भइसकेका छन् । आज मात्र ती अध्यादेशलाई प्रतिस्थापन गर्ने गरेर केही विधेयक अगाडि बढाएका छाैँ,” उहाँले भन्नुभयो ।
निजी क्षेत्रले पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धिका लागि अगाडि बढ्दा उत्पन्न हुने समस्या समाधान गर्न नेपाल सरकार तयार रहेकाे गृहमन्त्री लेखकले बताउनुभयाे । “तपाईंकाे व्यवसायलाई सरल, सहज, पर्यटनमैत्री बनाउन कसरी सकिन्छ । त्यसका लागि नेपाल सरकार तपाईंहरुसँग मिलेर काम गर्न तयार छ,” उहाँले भन्नुभयो ।
पर्यटन व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको गृहमन्त्री लेखकले बताउनुभयो । “तपाईंहरुले भिसाकाे कुरा गर्नु भएको छ । कतिपय क्षेत्रमा आवागमन अवरुद्धकाे कुरा उठाउनु भएको छ । यसकाे सहजता र सरलताका लागि हामी तयार छाैँ । यी विषयमा छलफलका लागि सम्बन्धि मन्त्रालयमा आउनुहोस्,” उहाँले भन्नुभयो ।
पर्यटनकाे विकासका लागि टानले याेगदान गरेकाे भन्दै पर्यटन व्यवसायीकाे लगानीलाई सुरक्षित गर्न सरकार तयार रहेको उहाँको भनाइ छ ।
गृहमन्त्री लेखकले टानले विदेशी पर्यटनलाई नेपालमा आकर्षण गर्नका लागि टानले राम्रो काम गरेकाे बताउनुभयाे । “हामीसँग प्राकृति सम्पदा छ, प्राकृतिक सुन्दरता छ । नेपाल सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ । भाषिक सभ्यता र संस्कृतिका महत्त्वपूर्ण धराेहर छन् । टानले विदेशी पर्यटनलाई आकर्षण गर्न राम्रो काम गरेको छ,” उहाँले भन्नभयाे ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



