प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल

राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई अपिल गरेको छ । ‘आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुँदै अरूको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार विज्ञप्तिमा भनेका छन् ।

त्यस्तै, उत्पन्न परिस्थितिको आकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउन पनि आयोगले सरकार र सम्बद्ध सुरक्षा अधिकारीलाई आग्रह गरेको छ । प्रवक्ता पोखरेलका अनुसार आयोगले विभिन्न टोली बनाई मानव अधिकारको कोणबाट प्रदर्शनको अनुगमनसमेत गर्नेछ ।

आयोगले बिहीबार मात्र उपत्यकाको सुरक्षा व्यवस्थाका सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको थियो । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्तिसुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य–मान्यतालाई आत्मसाथ गर्न अपिल गरेका छन् ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
295 Shares