

स्थानीय निकायमा खरिद प्रक्रिया थाहा नहुँदा समस्या : मुख्यमन्त्री
सन्जिब दुलाल
भक्तपुर । स्थानीय तहका जनप्रतिनिधि तथा आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण भक्तपुरमा सम्पन्न भएको छ ।
बागमती प्रदेश सुशासन केन्द्रको आयोजनामा भक्तपुरमा स्थानीय तहका जनप्रतिनिधि प्रमुख, अध्यक्ष, तथा आर्थिक आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण सम्पन्न भएको हो ।
सार्वजनिक खरिद व्यवस्थापनमा विभिन्न समस्या समाधान तथा कसरी यसको समाधान गर्न सकिन्छ भन्ने हेतुका साथ बागमती प्रदेशका ४ जिल्लाका २३ स्थानीय तहलाई उक्त अभिमुखीकरण तालिम दिइएको प्रदेश सुशासन केन्द्रले जानकारी दिएको छ ।
स्थानीय तहको मागका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयको समन्वयमा तयार गरिएको पाठ्यक्रमका आधारमा स्थानीय तहले सार्वजनिक खरिद गर्दा अपनाउनु पर्ने सावधानी र कानुनी पाटोका विषयमा जानकारी दिने हेतुले उक्त कार्यक्रम गरिएको प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपाल कृष्ण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले सार्वजनिक खरिदको परिचय कानुनी र संस्थागत व्यवस्थाको विषयमा कक्षा लिनुभएको थियो भने सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव राम चन्द्र दंगालले बोलपत्र कागजात तयारी सम्बन्धी सामान र कार्यका विषयमा कक्षा सञ्चालन गर्नुभएको थियो ।
यस्तै पूर्व सचिव एवं विज्ञ मणिराम गेलले बोलपत्र मुल्याङन प्रक्रिया, करार सम्झौता व्यवस्थापन तथा कालो सूची र निर्माण कार्यको खरिदमा उपभोक्ता समिति लाभग्राही समुदाय लगायतका तीन विषयमा कक्षा सञ्चालन गर्नुभएको थियो ।
यसै गरी स्थानीय तहको लेखा परीक्षण बेरुजु तथा सम्परीक्षणको विषयमा प्रादेशिक लेखापरिक्षण महानिर्देशनालय बागमती प्रदेका ताराप्रसाद पाण्डेले कक्षा सञ्चालन गर्नुभएको थियो ।
स्थानीय तह सञ्चालन तथा खरिद प्रक्रियामा ज्ञान नहुँदा बेरुजु हुने तथा बोलपत्रको प्रक्रिया नमिल्दा हुने झन्झटको समाधानका लागि उक्त कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ ।
स्थानीय निकायमा खरिद प्रक्रिया थाहा नहुँदा समस्या मुख्यमन्त्री
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी जानकारी नहुँदा भएको समस्या समाधान गर्नका लागि प्रदेशले यस्ता कार्यक्रमको आयोजना सबै स्थानीय तहमा गर्नुपर्ने बताउनुभएको छ । उहाँले यस्ता कार्यक्रमका कारण स्थानीय तहमा बेरुजु नहुने र सुशासन आउने तथा यस्ता कार्यक्रमले गर्दा खरिद प्रक्रियामा चुस्त दुरुस्तता आउनेमा आफू विश्वस्त भएको मुख्यमन्त्री लामाले बताउनुभएको थियो । उहाँले यस्ता कार्यक्रम सञ्चालन गर्ने तथा जानकारी दिने दक्ष जनशक्ति तथा प्रशिक्षक उत्पादन तथा प्रशिक्षण कार्यक्रमलाई प्रदेशले निरन्तरता दिने समेत बताउनुभयो ।
यस्तै कार्यक्रममा उहाँले कर्मचारीको पिआएस थाहा नहुँदा भएको समस्या समाधान गर्नको लागि प्रदेश सरकार लागि परेको छ, सफ्टवेयर डेभलप गरेर कुन स्थानीय निकायमा को को कर्मचारी छन् हाजिरी कस्तो छ देखि सरुवा तथा बढुवाका लागि के गर्न सकिन्छ भन्ने विषयमा पनि यसबाट सहज हुने उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थानीय सरकारले जनताको प्रत्यक्ष आवाज सुन्नु पर्ने हुँदा एक आर्थिक वर्ष भित्र एकै प्रकारका वस्तु तथा सेवा खरिद र निर्माण धेरै पटक गर्दा यस्ता खरिदलाई ऐनले टुक्रे खरिद भनी अनियमित भन्दै महालेखाले बेरुजु देखाउँदा स्थानीय तहमा बेरुजुको अङ्क बढ्दो भएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, प्रदेश सचिव रितेश कुमार शाक्य लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रसुवाका ५ पालिका , नुवाकोटका १२ पालिका, भक्तपुरका ४ पालिका र ललितपुरका ३ गाउँपालिका गरी २३ पालिकाका जनप्रतिनिधि( प्रमुख वा अध्यक्ष) तथा आर्थिक प्रशासन शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



