पौडी खेल्ने क्रममा खोलामा डुबेर तीन दाजुभाइको मृत्यु

काठमाडौं  ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ को सिस्नेरी खोलामा सोमबार पौडी खेल्ने क्रममा डुबेर तीन दाजुभाइको मृत्यु भएको छ । काभ्रे नमोबुद्ध नगरपालिका– १० घर भई इन्द्रसरोवर– ३ डोढारेस्थित मामाघर घुम्न गएका दुई दाजुभाइ र उनीहरूका मामाका छोराको डुबेर मृत्यु भएको हो ।

डोढारेका सुन्दर आचार्यका छोरा १४ वर्षीय सुशान्त तथा काभ्रे नमोबुद्ध– १०, फूलबारी दाप्चाका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रभात घोरासैनीको मृत्यु भएको मकवानपुर प्रहरीका इन्स्पेक्टर ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । घोरासैनी दाजुभाइ परीक्षा सकेर मामाघर घुम्न गएका थिए । प्रमेश र सुशान्तले कक्षा ८ तथा प्रभातले कक्षा ६ को परीक्षा दिएका थिए ।

इन्स्पेक्टर सापकोटाका अनुसार डुबेर अचेत अवस्थामा रहेका उनीहरूलाई सोमबार साँझ ४ः४५ बजे उद्धार गरिएको थियो । तर, ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । खोलाको पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
452 Shares