प्रहरी स्टाफ कोर्सको परीक्षामा १७ जना उत्तीर्ण

काठमाडौं । नेपाल प्रहरीमा पहिलोपटक संचालन भएको स्टाफ कोर्सको प्रवेश परीक्षामा १७ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएर प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भइसकेका र इन्सपेक्टरमै रहेका गरी १११ जना सहभागी थिए ।

जसमध्ये १७ जना मात्र उत्तीर्ण भएको प्रवेश परीक्षा संचालन बोर्डका अध्यक्ष एवम् प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० टेक तामाङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

पहिलो नम्बरमा कमल वेल्वासेको नाम रहेको छ भने क्रमशस् दोस्रो सुर्य बहादुर बोगटी, तेस्रो गोविङ रावत, चौथोमा पुरुषोत्तम कार्की, पाचौमा आयुश प्रसाद जोशी र छैटौंमा नरेश राज मल्ल उत्तीर्ण भएका छन्।

 

 

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
217 Shares