

सानो उमेरमा ठूलो मनः लक्ष्यजीत र समृद्धिको अनाथ बालबालिकालाई सहयोग
भक्तपुर । भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालय मा अध्ययनरत २३ जना अनाथ बालबालिकालाई लक्ष्यजीत मल्ल (कक्षा ७) र समृद्धि मल्ल (कक्षा ५) ले शैक्षिक सामग्रीसहित विभिन्न आवश्यक सामानहरू प्रदान गरेका छन्।
काठमाडौंको काँडाघारीमा अध्ययनरत यी दाजु-बहिनीले विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला, कापी, कलम, पेन्सिल, कटर, पोशाक, जुत्ता, मोजा तथा नगदसमेत सहयोग गरेका हुन्। उनीहरूको यो योगदान स्वर्गीय हजुरआमा लोचनाकुमारी मल्ल (विद्यालयकी पूर्व प्रिन्सिपल) को स्मृतिमा गरिएको हो।
विद्यालयकी प्रधानाध्यापिका न्हुछेंलक्ष्मी गोरा का अनुसार विद्यालयमा नर्सरी, केजी, र कक्षा १ गरी तीन कक्षामा अध्ययनरत २३ जना सबै बालबालिका आमाबुबा विहीन अनाथ हुन्। यी विद्यार्थीहरू विद्यालयमै बस्छन्, खान्छन् र पढ्छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोरा प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए। उनले सानै उमेरमा सहयोगको महत्व बुझेर गरेका यी बालबालिकाहरूको योगदान प्रेरणादायी भएको बताए।
सानो उमेरमै सामाजिक उत्तरदायित्व बोध गर्दै गरेका लक्ष्यजीत र समृद्धिले यसअघि पनि विभिन्न विद्यालयहरूमा सहयोग गरिसकेका छन्। समृद्धिले “दानको महत्व बुझेकाले आफूभन्दा साना बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको” बताइन्।
विद्यालयमा सरकारद्वारा नियुक्त तीन शिक्षक (दुई जना दृष्टिविहीन) र तीन जना सहयोगी कर्मचारी कार्यरत छन्। विद्यालयमा अध्ययनरत बालबालिकाहरूले सहयोग पाउँदा निकै खुशी भएका थिए।
कार्यक्रमको संयोजन प्रेमध्वज मोक्तान ले गरेका थिए।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



