तीनकुने घटनामा निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने विचार गर्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने भन्ने विषयमा सरकारले विचार गरिरहेको बताएका छन्।

थाइल्याण्डको औपचारिक भ्रमणबाट शनिबार फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा तीनकुने घटनाको छानबिन कसरी गर्ने भन्ने विषयमा सरकारले सोचिरहेको बताएका हुन्।

उनले न्यायिक छानबिन हुने/नहुने कुरामा विचार गर्ने बताए।

‘छानबिन निष्पक्ष हुन्छ। सबै कुरामा न्यायिक नै चाहिन्छ भन्ने कुरा पनि छैन। यसै निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्न भन्नेबारे हामी विचार गर्छौं,’ उनले भने।काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। घटनामा सयभन्दा बढी सुरक्षाकर्मी र ५४ प्रदर्शनकारी घाइते भएका थिए। गृह मन्त्रालयले १८ घरमा तोडफोड र आगजनी भएको भनेको छ। तोडफोड ‍र आगजनीबाट ३९ वटा सवारी साधनमा क्षति पुगेको बताइएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
438 Shares