

आज काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावना
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मंगलबार वर्षातको सम्भावना रहेको छ।
पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट जलवाष्पसहितको वायु नेपाल प्रवेश गर्दा काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा क्षणिक वर्षाको सम्भावना देखिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
यी प्रदेशहरूमा मेघ गर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको उनले बताइन्।
उनका अनुसार काठमाडौं उपत्यकामा दिउँसोतिर वर्षाको सम्भावना छ। गत केही हप्तादेखि काठमाडौंसहित देशका विभिन्न भागको वायु अस्वस्थकर बन्दै गएको छ।
गत बिहीबार काठमाडौंको वायु अत्यन्तै हानिकारक देखिएको थियो। गत बिहीबार दिउँसो काठमाडौंको वायुको शुद्धता सूचकांक (एक्युआई) ३०० पुगेको थियो।
आज काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकीका केही स्थानको वायुमण्डलमा तैरिएर रहेको धुवाँ–धुलोका कण पखाल्ने गरी पानी पर्ने सम्भावना नभएको उनले बताइन्।
काठमाडौंमा एक–दुई मिलिमिटर मात्रै वर्षाको सम्भावना छ। पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट पनि जलवाष्पयुक्त हावा आएकाले अबको दुई–तीन बदलीको सम्भावना छ। बुधबार पनि काठमाडौंसहित देशका केही स्थानमा वर्षातको सम्भावना छ।
‘बिहान बदलीको अवस्था रहेकाले मौसम धुम्मिएको छ। त्यसले प्रदूषण बढ्ने नै भयो। तर दिउँसोपख पानी परेपछि काठमाडौंको प्रदूषण केही मात्रामा घट्छ। अबको दुई–दिन बदली र क्षणिक वर्षाको सम्भावना भएकाले अन्यत्रको पनि प्रदूषणका मात्रा तुलनात्मक रूपमा घट्ने नै देखिन्छ,’ उनले भनिन्।
पछिल्लो एक सातामा देशका ९०० स्थानमा भन्दा बढी ठाउँमा डढेलो लागेको छ। राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन। यसले वायुलाई हानिकारक तुल्याएको छ। मंगलबारदेखि भित्रिएको प्रणालीले प्रदूषण र डढेलोबाट राहत मिल्ने मौसमविद्ले बताएका छन्।
मौसमविद् विनोद पोखरेलले पनि देशका केही स्थानमा आजबाट मेघ गर्जन, हावाहुरीसहित वर्षाको राम्रो सम्भावना देखाएका छन्। उनले आज हल्का वर्षा भए पनि यो हप्ताभरि पानी पर्ने राम्रो सम्भावना देखिएको बताएका छन्।
‘भोलिदेखि मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने राम्रो सम्भावना देखाएको छ। यसले वायु गुणस्तरमा केही राहत दिन सक्छ तर यो स्थायी समाधान होइन। भोलि हल्का वर्षा हुनेछ र केही ठाउँमा मात्र वर्षा हुन सक्छ तर यो हप्ताभरि राम्रो सम्भावना छ,’ उनले भनेका छन्।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





