

वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसक्यो : श्रममन्त्री भण्डारी
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् ।
बिहीबार सिंहदरबारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिसँगको छलफलका क्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयकलाई संघीय संसद्को अबको अधिवेशनमा प्रस्तुत गर्ने गरी तयारी भइरहेको जानकारी दिएका हुन् ।
उनले सकेसम्म अबको अधिवेशनबाटै वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कानून पारित गरिने जिकिर गरे । वैदेशिक रोजगार ऐनका लागि कार्यदलले छलफल सुरु गरेको अवस्थामा समयसापेक्ष सुधार गर्दै अघि बढ्ने उनले बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउने जिम्मेवारी स्वयं व्यवसायीहरूको भएको उल्लेख गरे । वैदेशिक रोजगार व्यवसायीले इमानदारीताका साथ व्यवसाय गरे सरकारलाई पनि सहजीकरण गर्न सहज हुने उनको भनाइ छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



