

सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१४ रामपुरमल्हनियास्थित सडकमा स.१ त ५०८३ नम्बरको ट्याक्टर बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय जितेन्द्र यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
झापा, बुद्धशान्ति गाउँपालिका-१ भोटेटारस्थित सडकमा प्र.१-०१-००२ त ८३३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रेम गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहा, लहान नगरपालिका-१९ कटाहा चोकमा म.प्र. ०१-००१ स २१४० नम्बरको सिटि सफारी हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा सिटि सफारीमा सवार लहान नगरपालिका-२ बस्ने १९ वर्षीय मो. हइदरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका सिटि सफारीमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले सिटि सफारी चालकलाई नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



