नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल

काठमाडौं । एमनेस्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको बताएको छ ।मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० बर्ष बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको उल्लेख छ । यसको असर नेपालमा पनि परेको जनाएको छ ।

‘मानव अधिकारको अवस्थामा सन् २०२४ संतोषजनक रहेन’ प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलको नेपालका निर्देशक निराजन थपलियाले भने, ‘सरकार नै आलोचनालाई दबाउने कार्यमा देखा पर्‍यो ।’उनका अनुसार प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक तितरबितर पार्ने र हिरासतमा लिने कार्य गरेर सरकारले नै आलोचनालाई दबाउने प्रवृत्ति बढेको छ ।प्रदर्शनका लागि निषेधित क्षेत्र तोक्ने क्रम पनि बढेको छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएक छन । पत्रकारमाथी कुटपिट र धम्की बढेको छ । दण्डहीनता कायम छ । महिला र बालबालिकामाथि हिंसा जारी छ । जातीय हिंसा रोकिएको छैन । थुनुवाको अधिकार उल्लंघन भएको छ । प्राकृतिक बिपत्त बाढी पहिरो पीडितले न्यूनतम राहत समेत पाउन नसकेको अवस्था छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
319 Shares