

जिम्बावेलाई भारतले १० विकेटले हरायो
भारतले घरेलु टोली जिम्बावेमाथि १० विकेटको सानदार जित निकालेको छ। योसँगै ३रेलु टोलीसँगको तीन एक दिवसीय खेलमा भारतले १-० को अग्रता लिएको छ ।
जितको लागि १ सय ९० रनको लक्ष्य पछ्याएको भारतले ३०.५ ओभरमा बीना कुनै विकेट क्षति पूरा गर्यो।
भारतका लागि ओपनरद्वय शुभमन गिलले ८२ र शिखर धवनले ८१ रन जोडे। अतिरिक्तबाट भारतले २९ रन जोडेको थियो।
७२ बल खेलेका गिलले १० चौका र १ छक्का प्रहार गर्दा १ सय १३ बल खेलेका धवनले ९ चौका हिर्काएका थिए।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावे ४०.३ ओभरमा १ सय ८९ रनमा अल आउट भएको थियो।
उसका लागि कप्तान रेजिस चकभाले सर्वाधिक ३५ रन बनाए। यस्तै रिचर्ड नगभाले ३४ रन बनाउँदा ब्राड इभान्सले ३३ रन बनाए।
भारतका लागि दीपक चाहर, अक्षर पटेल र प्रसिद्ध कृष्णाले समान ३-३ विकेट लिए। मोहम्मद सिराजले १ विकेट हात पारे।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



