

केनको कीर्तिमान
ह्यारी केन प्रिमियर लिगमा एउटै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। गएराति उल्भसमाथिको जितमा निर्णायक गोल गरेका उनले टोटेनहमका लागि १८५ गोल गर्दै कीर्तिमान बनाएका हुन्।
यो सँगै उनले म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोको १८४ गोलको कीर्तिमान उछिनेका हुन्।केनले टोटेनहमका लागि सबै किसिमको प्रतियोगितामा गरी २५० गोल पनि पूरा गरेका छन्।
२९ वर्षीय केनले गत साता चेल्सीविरुद्ध २–२ को बराबरीमा अन्तिम क्षणमा सिजनकै पहिलो गोल गर्दै अगुइरोको कीर्तिमान बराबरी गरेका थिए।
प्रिमियर लिगमा १८५ गोलको आँकडा पुरा गरेका केन अहिले न्यूक्यासल, ब्ल्याकबर्न र म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर एन्ड्रयू कोल भन्दा दुई गोल पछि छन्। कोलले लिगमा १८७ गोल गरेका छन्।
यस्तै लिगमा वाइन रोनीले २०८ गोल गर्दा एलन शियररले सर्वाधिक २६० गोल गरेका छन्।
पूर्व ब्ल्याकबर्न र न्यूकासलका फरवार्डले सन् २००६ मै ३५ वर्षको उमेरमा सन्यास लिएका थिए। २९ वर्ष केनले शरियररको उमेरसम्म खेले भने उनलाई उछिन्न एक सिजनमा १३ गोल पर्याप्त हुन्छ।
५० अन्तर्राष्ट्रिय गोल गरेका उनी इङ्ल्याण्डका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छन्। उनीभन्दा अगाडि वाइन रोनीले देशका लागि ५३ गोल गरेका छन्। यद्यपि केनले आफ्नो लय कायमै राखे भने यसै वर्ष कतारमा आयोजना हुने विश्वकपमा उनले रोनीलाई उछिन्नेछन्।
सुरुका तीन खेलमध्ये दुई जितसँगै टोटेनहम शीर्षस्थानमा छ। एजेन्सी
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



