नेपाली पेनका प्रधान सम्पादक दीपेश केसी धरौटीमा छुटे

काठमाडौँ ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी समाचार लेख्ने नेपाली पेनका पत्रकारलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।  न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले नेपाली पेनका प्रधान सम्पादक दीपेश केसी र कार्यकारी सम्पादक सञ्चिता बानियाँलाई ५/५ हजार धरौटीमा छाड्न आदेश गरेको हो ।

गत वैशाख ८ गते सो अनलाइन पोर्टलले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसको भोलिपल्ट सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले अवहेलना मुद्दा दायर गरेपछि उक्त अनलाइनले सो समाचार हटाएको थियो ।

अदालतको अवहेलना मुद्दामा वैशाख १० गते सर्वोच्चले प्रधान सम्पादक र कार्यकारी सम्पादकलाई आइतबारको पेसी तोकी बयानमा बोलाउने आदेश गरेको थियो । आइतबार बयानपछि प्रारम्भिक बहस भई धरौटीमा छाड्ने आदेश भएको छ । बयानका क्रममा प्रधान सम्पादक डा. केसीले समाचारको सत्यतथ्य जाँचेरै प्रकाशित गरेको र समाचारका स्रोतहरु संवेदनशील रहेकाले त्यसको सुरक्षा गर्नुपर्ने दायित्व आफूमा रहेको बताएका थिए । उनले  आफू जुनसुकै कारबाही भोग्न तयार रहेको तर स्रोत नखुलाउने बयान अदालत समक्ष दिएका हुन् ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
494 Shares