रहेनन् कांग्रेस नेता महेश कोर्मोचा

नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुंगा जिल्ला विकास समितिका पूर्व सभापति एवं नेपाली कांग्रेसका पुराना नेता कोर्मोचाको उपचारका क्रममा गएराती विएण्डवी अस्पतालमा निधन भएको हो ।

वि.सं. २००८ साल असार १८ गते ओखलढुंगाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बचेका जिवित नेता मानिन्थे ।  उनले नेपाली राजनीतिको लामो समय योगदान गरेका थिए ।

सात सालको क्रान्तिमा लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी पाएसँगै सुरु भएको राजनीतिक यात्राले उनलाई ओखलढुंगा जिल्ला पार्टीको सभापति र तत्कालिन जिल्ला विकास समितिको सभापति समेत बनाएकाे थियाे ।

त्यागी र सादगी नेताको पहिचान बनाउनुभएका कोर्मोचाको स्वास्थ्यमा समस्या आएपछि निरन्तर उपचारमा थिए । कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
237 Shares