

पालुङटारमा श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन
गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित चुदीघाट गोर्खामा रहेको ओमकार योग आयुर्वेद गुरुकुल मा गायत्री पुरस्चरण अन्तर्गत श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन भएको छ।
गुरुकुलका संस्थापक अध्यक्ष एवं पालुङ्गटार नगरपालिकाका पूर्व नगर प्रमुख इन्जिनियर दिपक बाबु कँडेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै विश्व हिन्दु महासङ्घ राष्ट्रिय कार्यसमितिका अध्यक्ष एवं पूर्वमन्त्री डा. रामचन्द्र अधिकारीले गुरुकुलको महत्व र सनातन हिन्दू धर्मको आवश्यकता को विषयमा आफ्ना भनाइहरु राख्नुभएको थियो।
त्यस्तैगरी कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. गुरुप्रसाद सुवेदीले प्रमुख वक्ताको रुपमा आज आफ्ना भनाइहरु राख्नुभएको थियो। उद्घाटन कार्यक्रममा विश्व हिन्दु महासङ्घ गण्डकी प्रदेशका प्रदेश प्रमुख मुक्तिराम अधिकारी, राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय सदस्य पण्डित तारानाथ शर्मा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
गायत्री पुरस्चरण अन्तर्गत गुरुकुलमा गत वैशाख २९ गतेदेखि लगातार रूपमा होम तथा नित्य कर्म हुँदै आइरहेको थियो ।
महायज्ञको उद्घाटन सत्रका क्रममा आज बिहान तनहुको चिसापानी देखि डुम्रे बजार बिमलनगर हुँदै गुरुकुल परिसर सम्म कलश शोभा यात्रा गरिएको थियो। कलश शोभा यात्रामा डुम्रेका विभिन्न महिला समूह, पालुङटार ७ च्याङ्लीका विभिन्न महिला समूहहरू मा आबद्ध महिलाहरूको उपस्थिति रहेको थियो।
धार्मिक परम्परा अनुसार वैदिक स्वस्तिवाचन गरी भगवान श्रीहरिको रूप ध्यानसहित सम्पूर्ण सहित दिवंगत पितृहरूको संायुज्य मुक्ति एवं शान्तिका लागि मौन धारण समेत गरिएको उक्त कार्यक्रममा गुरुकुलका सहसचिव रमेश पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो।
यज्ञ अवधिभर हरेक दिन बिहान ६ बजेदेखि 7 बजेसम्म प्रातकालीन पूजा आर्चना, ७ बजेदेखि ११ बजेसम्म श्रीमद्भागवत एवं वेद पुराण तथा हवन हुनेछ भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म संगीतमय श्रीमद भागवत कथा प्रवचन हुने र ४ बजेदेखि ५ बजेसम्म आरती पुष्पाञ्जली तथा प्रसाद वितरण र बेलुका ७ बजेदेखि ९ बजेसम्म भजन किर्तन तथा झाँकी हुने ओमकार योग आयुर्वेद गुरुकुलका सचिव केशव अधिकारीले जानकारी दिनुभयो।
महायज्ञ अवधिभर सहयोग गर्ने सहयोगी दाताहरुलाई निम्नानुसार सम्मान गरिने प्रचारप्रसार संयोजक डाक्टर रविन्द्र कडेलले जानकारी दिनुभयो:
१, रु १००० देखि १० हजारसम्म सहयोग गर्ने दाताहरूलाई प्रमाणपत्र र रामनामी
२, रु १० हजारदेखि २० हजारसम्म सहयोग गर्ने दाताहरूलाई फ्रेम सहितको प्रमाणपत्र र रामनामी
३, २० हजारदेखि माथि सहयोग गर्नेहरूलाई फ्रेम सहितको प्रमाणपत्र र शिलालेखमा नाम लेखिने
दैनिक भोजनबापत रु २५००० सहयोग गर्न सकिने पनि संयोजक कडेलले जानकारी दिनुभयो।
त्यस्तैगरी महायज्ञ अवधि घरमा पितृ उद्धारको लागि कर्तासहित सङ्कल्प गर्न चाहनुहुने व्यक्तिहरुले रु ११, १११ राखेर गर्न सकिने ओमकार योग आयुर्वेद गुरुकुलका प्राचार्य ऋषिराम रेग्मीले जानकारी दिनुभयो । त्यस्तैगरी सामान्य कर्ता भएर बस्नको लागि न्यूनतम रु ५ हजार राखेर बस्न सकिने र व्रतबन्ध गर्नको लागि न्यूनतम रु ५००० राखेर गर्न सकिने पनि बताइएको छ भने बत्ती र तेलको व्यवस्था आफैले गरी रु ५००० तिरेर लाखबत्ती बाल्न सकिने व्यवस्था पनि गरिएको प्राचार्य रेग्मीले जानकारी दिनुभयो ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



