समाचार डिलिट गर्ने आदेश पुर्नविचार गर्न अदालतलाई पत्रकार महासंघको आग्रह

काठमाडौं। नेपाल पत्रकार महासंघले दुई सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयलाई लिएर जिल्ला अदालत काठमाडौँले दिएको अल्पकालीन आदेशका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । साथै महासंघले आदेश पुर्नविचार गर्न काठमाडौं जिल्ला अदालतलाई आग्रह गरेको छ।

त्यसो नभएमा आदेशका विरुद्ध अदालती प्रक्रिया वा अन्य गतिविधि गर्न बाध्य हुने महासंघको भनाइ छ। मंगलबार जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीस पीताम्बर शर्माको एकल इजलासले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदनमा सुनुवाइ गर्दै समाचार हटाउन आदेश दिएको थियो।

आदेशमा भनिएको थियो,निवेदकलाई अपूरणीय क्षति र सुविधा सन्तुलनसमेतको दृष्टिकोणबाट विपक्षीहरूलाई आफ्नो वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट अप्रमाणित, तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नु, नगराउनु, प्रकाशित भएका समाचारहरू अनलाइनबाट तुरुन्त हटाउनु, हटाउन लगाउनु ।

समाचारका विषयमा चित्त नबुझ्ने पक्षले प्रेस काउन्सिल नेपालमार्फत अघि बढ्नुपर्नेमा काउन्सिलको क्षेत्राधिकार समेत मिच्दै अदालतबाट आदेश आउनु प्रेस स्वतन्तन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता र नेपालको संविधान २०७२ गरेको व्यवस्था र मर्मविपरित भएको महासंघले ठहर गरेको महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

बुधबार जारी गरिएको विज्ञप्तिमा महासंघले प्रकाशित सामग्रीबारे कुनै प्रश्न उठ्दा त्यसको तथ्य पुष्टि गर्ने दायित्व पनि सम्बन्धित सञ्चारमाध्यमकै हुने भन्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यमहरुलाई समेत आग्रह गरेको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
149 Shares