

बागमतीका मेयर थापासँग तीन लाख धरौटी माग
काठमाडौं । बागमती नगरपालिकाका मेयर भरत थापासँग विशेष अदालतले धरौटी मागको आदेश गरेको छ । तेस्रो मुद्दाको लागि अदालतमा उपस्थित भएका उनीसँग तीन लाख रुपैयाँ धरौटी मागको आदेश भएको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।
बुधबार थापा हानीनोक्सानीको मुद्दाका लागि उपस्थित भएका हुन् । न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले थुनछेक आदेश गर्दै धरौटी मागको आदेश गरेको हो । थापामाथि पछिल्लोपटक ४ जेठमा भ्रष्टाचारको तेस्रो मुद्दा दायर गरेकोमा एक महिनापछि उनी उपस्थित भएका हुन् ।
थापाविरुद्ध पहिले नै भ्रष्टाचारका दुई मुद्दा विशेषमा विचाराधीन छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हानीनोक्सानी र गैरकानुनी सम्पत्ति आर्जनका गरी दुई मुद्दा दायर गरिसकेकोमा बिहीबार यी दुवै मुद्दामा पेसी तोकिएको छ । पछिल्लोपटक यी मुद्दामा प्रमाण बुझ्ने आदेश भएको थियो ।
अख्तियारले सागरनाथ वन विकास परियोजना अतिक्रमण गरी गैरकानुनी रूपमा वन पैदावार उत्खनन गरेको अभियोग उनीमाथि लगाएको छ । यस मुद्दामा थापाका साथै मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, प्रदेश कानुन मन्त्रालयका कानुन अधिकृत गोकुल भुजेल, नगरपालिकाका इन्जिनियरहरू निजञ्जन लामिछाने र सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेल प्रतिवादी छन्।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



