पोखरीमा डुबेर बालिकाको मृत्यु

सिन्धुली : सिन्धुलीमा पोखरीमा जमेको पानीमा डुब्दा एक जना बालिकाको मृत्यु भएको छ ।  दुधौली नगरपालिका- ११ मरघट्टी बस्ने वर्ष ८ की ममता सुनुवारको मृत्यु भएको सिन्धुली प्रहरीका प्रवक्ता सुर्य प्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्ने मरघट्टी सानोचौरी दुई धारा संस्थाद्वारा सिचाईंको लागि खनेको जोडीगैरी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

‘उनी पोखरीको पानीमा डुबेको अवस्थामा खानेपानी लिन जाँदै गरेको स्थानीय संगम सुनुवारले देखेपछि पोखरीबाट ममता निकाली ममताको ठूलो बुबा खेलमान सुनुवारलाई बोलाई उपचारको लागि उदयपुरको कटारी नगर अस्पताल पुर्‍याइएको भएपनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो,’ उनले भने ।

शवलाई पोष्टमार्टमका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
466 Shares