विनयी खोलाको बाढीले बगाएको यात्रुबाहक बस भेटियो

नवलपुर । बुटवल-नारायणगढ सडक खण्डस्थित नवलपरासी पूर्वको विनयी खोलामा आएको बाढीले बगाएको बस फेला परेको छ ।
बिहीबार राति बाढीले बगाएको बस बस १ किलोमिटर तल फेला परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार यात्रुहरूको यसअघि नै उद्धार गरिएको थियो ।
३८ यात्रु लिएर काठमाडौंबाट बर्दिया आउँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विनयी खोलाको बाढीले गएराति बगाएको थियो । डाइभर्सनसँगै बाढीले बस बगाएको थियो ।बाढीले बससँगै डाइभर्सन पनि बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
253 Shares