आज स्वस्थानी व्रत–कथाको उन्नाइसौं दिन

काठमाडौँ । आज श्रद्धा, भक्ति र आस्थाको प्रतीक मानिने स्वस्थानी व्रत–कथाको उन्नाइसौं दिन परेको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन गरिने यस व्रत–कथामा आजको दिन विशेष धार्मिक महत्वका साथ मनाइन्छ।
हिन्दू धर्मावलम्बीहरूले आज पनि बिहान स्नान गरी व्रत बस्दै स्वस्थानी माताको पूजा–आराधना, कथा श्रवण तथा वाचन गर्ने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार स्वस्थानी माताको कृपाले परिवारमा शान्ति, स्वास्थ्य, दीर्घायु र समृद्धि प्राप्त हुने जनविश्वास छ।
यस अवसरमा ‘श्रीस्वस्थानी माताले सबैको रक्षा गरुन्’ भन्ने कामनासहित देशभरका मठ–मन्दिर तथा घरघरमा भक्ति र श्रद्धाको वातावरण देखिएको छ।

Facebook Comments Box
TOP
214 Shares