

वार्षिक कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा सम्पन्न
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा वार्षिक कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले संगठनको हित र संस्थागत विकासका लागि संगठनका प्राथमिकताहरू स्पष्ट रूपमा पहिचान गरी कार्ययोजनामा समावेश गरिएका क्रियाकलापहरूलाई गुणस्तरीय, प्रभावकारी र परिणाममुखी रूपमा सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। वार्षिक लक्ष्य प्राप्तिका लागि आगामी दिनहरूमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता देखाउँदै उच्च प्रतिबद्धताका साथ कार्य गर्नुपर्ने उहाँको निर्देशन थियो।
प्रहरी महानिरीक्षक कार्कीले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन जस्ता प्रहरीका मुख्य दायित्वहरूलाई अझ चुस्त, व्यवस्थित र प्रभावकारी बनाउँदै प्रहरी परिचालनलाई परिणाममुखी बनाउनुपर्ने बताउनुभयो। साथै ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिँदै फरार अभियुक्त पक्राउ, आर्थिक तथा वित्तीय अपराध नियन्त्रण, राजस्व चुहावट रोकथाम तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी अझ सक्रिय हुनुपर्ने बताउनुभयो।
हिरासत व्यवस्थापनमा थप संवेदनशीलता अपनाई मानवअधिकारमैत्री ढंगले कार्य गर्नुपर्ने उल्लेख गर्दै उहाँले कार्यसम्पादन सम्झौताको समीक्षामार्फत आ–आफ्ना कमजोरी तथा सुधारका क्षेत्र पहिचान गरी असल अभ्यासहरूलाई आत्मसात् गर्दै आगामी दिनमा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका पाँचवटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयहरूको समग्र कार्यसम्पादन सम्झौताको अर्धवार्षिक प्रगति समीक्षा सम्बन्धी विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।
प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्धवार्षिक अवधिमा हासिल भएका प्रमुख उपलब्धिहरू, कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरू, प्रगति प्रतिवेदनमा आएका समस्या तथा आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रहरू समेटिएका थिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। साथै सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल सहभागिता समेत रहेको थियो।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१९ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



