

भ्रष्टाचारविरुद्ध दृढ नेतृत्वको कदर : आईजीपी दानबहादुर कार्की अख्तियारद्वारा विशेष सम्मानित
काठमाडौं । भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा शान्ति–सुरक्षा सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई विशेष सम्मानस्वरूप पुरस्कार प्रदान गरेको छ।
सोमबार आयोजित विशेष कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आईजीपी कार्कीलाई सम्मान प्रदान गरेका हुन्। कार्यक्रममा सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र निष्ठावान बनाउन नेपाल प्रहरी संगठनले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको थियो।
सम्मान ग्रहणपछि आईजीपी कार्कीले यो पुरस्कार आफू एक्लाको नभई सम्पूर्ण नेपाल प्रहरी संगठनको सामूहिक मेहनत र प्रतिबद्धताको प्रतीक भएको उल्लेख गरे। उनले यस सम्मानले नेपाल प्रहरीप्रति जनताको विश्वास थप मजबुत बनाएको र निष्ठा, जवाफदेहिता तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कार्यान्वयनमा अझ दृढ भएर अघि बढ्न प्रेरणा मिलेको बताए।
आईजीपी कार्कीले प्रहरी संगठनलाई अझ व्यावसायिक, अनुशासित र उत्तरदायी बनाउँदै सुशासन कायम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा अख्तियारका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका उच्च अधिकारीहरू तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१९ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



