

पत्रकार सचित राईलाई ज्यान मार्ने धम्की : महासंघद्वारा छानबिन र कारबाहीको माग
इलाम–दमक सडक निर्माणबारे प्रश्न उठाएपछि सामाजिक सञ्जालमार्फत धम्की, प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको महासंघको निष्कर्ष
काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ कारोबार दैनिक शाखाका सदस्य सचित राईलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
इलामको दमक–चिसोपानी सडक निर्माणसम्बन्धी विषयमा इलाम क्षेत्र नम्बर–२ का नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङले सांसद बहाल रहँदै ‘सात दिनभित्र ठेक्का लगाइने’ भनी दिएको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा सेयर गर्दै पत्रकार राईले सार्वजनिक रूपमा प्रश्न उठाएका थिए। सोही विषयलाई लिएर इलामको माङसेबुङ गाउँपालिका निवासी विनोद साम्बाले फेसबुकमार्फत राईलाई समाचार नलेख्न चेतावनी दिँदै ज्यान मार्ने धम्की दिएको आरोप महासंघले लगाएको छ।
महासंघका अनुसार धम्की दिने साम्बाले आफ्नो फेसबुक बायोमा आफूलाई ‘नेसनल भोलिन्टियर फोर्स माङसेबुङ’ का कमान्डर उल्लेख गरेका छन्। महासंघले लोकतान्त्रिक अभ्यासमा खारिएको नेकपा (एमाले) जस्तो पार्टीसँग सम्बद्ध व्यक्तिबाट आएको यस्तो अभिव्यक्ति अशोभनीय, आपत्तिजनक तथा कानुनी शासनको प्रतिकूल भएको ठहर गरेको छ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले उक्त घटनाको तत्काल अनुसन्धान गरी धम्की दिने व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न नेपाल प्रहरीको ध्यानाकर्षण गराएको छ। साथै, आफ्ना कार्यकर्तामाथि आन्तरिक छानबिन गरी उचित कारबाही गर्न नेकपा (एमाले) लाई पनि आग्रह गरिएको छ।
महासंघले संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिकका लोकतान्त्रिक अधिकारमाथि कुनै पनि प्रकारको आक्रमण नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै पत्रकारको सुरक्षाको प्रत्याभूति गर्न राज्यसँग माग गरेको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१८ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



