

निर्वाचन सुरक्षामा सुरक्षा निकायको ‘स्मार्ट’ रणनीति, सबै एसपी–डिएसपी निर्वाचन क्षेत्रमा खटिए
काठमाडौं — आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर उच्च सतर्कता अपनाएको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार सबै एसपी र डिएसपीहरू निर्वाचन क्षेत्रमा पुगेर कमान्ड सम्हालिसकेका छन्।
प्रवक्ता काफ्लेले यसपटक विगतका निर्वाचनभन्दा फरक ढंगले सुरक्षा रणनीति अवलम्बन गरिएको जानकारी दिए। “सबै एसपी र डिएसपीले निर्वाचन क्षेत्रमा पुगेर कमान्ड सम्हालिसकेका छन्, विगतमा भन्दा यसपटक निर्वाचन सुरक्षामा थप स्मार्ट र डायनामिक रूपमा सुरक्षा निकायको परिचालन गरिएको छ,” उनले भने।
उनका अनुसार संवेदनशील र अति संवेदनशील क्षेत्रहरूको पहिचान गरी सोहीअनुसार सुरक्षा जनशक्ति परिचालन गरिएको छ। आवश्यक स्थानमा मोबाइल पेट्रोलिङ, रिजर्भ फोर्स र द्रुत प्रतिकार टोली तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन बहु-तह सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। स्थानीय प्रशासन, अन्य सुरक्षा निकाय र समुदायसँगको समन्वयलाई पनि सुदृढ बनाइएको प्रवक्ता काफ्लेले बताए।
प्रहरीले सामाजिक सञ्जालमार्फत फैलन सक्ने अफवाह र भ्रामक सूचनामाथि पनि निगरानी बढाएको जनाएको छ। मतदाता, उम्मेदवार र राजनीतिक दललाई कानुनको पालना गर्न तथा शान्तिपूर्ण वातावरण कायम राख्न प्रहरीले आग्रह गरेको छ।
प्रहरी नेतृत्वले नागरिकलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन अपिल गर्दै कुनै पनि अवाञ्छित गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१६ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



