आसरा सुधार केन्द्रद्वारा ‘आसरा भित्तेपात्रो २०८३’ विमोचन, लागूऔषधमुक्त समाज निर्माणमा सहकार्यको आह्वान

काठमाडौं । आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको प्रमुख आतिथ्यतामा नयाँ वर्ष २०८३ को अवसर पारेर शुभकामना आदान–प्रदान तथा ‘आसरा भित्तेपात्रो २०८३’ को विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। सो अवसरमा वक्ताहरूले लागूऔषध दुव्र्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखे।

प्रमुख अतिथि नबिना खत्री कार्कीले आसरा सुधार केन्द्रले विगतदेखि नै लागूऔषध दुव्र्यसनमा फसेका व्यक्तिहरूलाई पुनःस्थापना गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन्। उनले यस्तो अभियानलाई अझ सशक्त बनाउन सरकारी निकाय, सामाजिक संस्था तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।

विमोचित ‘आसरा भित्तेपात्रो २०८३’ ले संस्थाका गतिविधिहरू, सन्देशमूलक सामग्री तथा समाज सुधारसम्बन्धी जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

कार्यक्रमले नयाँ वर्षको शुभकामनासहित समाज सुधारका लागि एकजुट भएर अघि बढ्ने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

Facebook Comments Box
TOP
348 Shares