

महँगीले जनजीवन कष्टकर बन्यो, सरकार मूकदर्शक : सांसद दुलाल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले वर्तमान सरकारले जनताको दैनिक जीवन सहज बनाउन आवश्यक प्रभावकारी कार्यक्रम ल्याउन नसकेको भन्दै कडा आलोचना गरेका छन्।
सिंहदरबारस्थित संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको सुरुवातमै जनपक्षीय कामको कुनै स्पष्ट संकेत नदेखिएको दाबी गरे। बढ्दो महँगीका कारण जनताको भान्सा नै प्रभावित भइरहेको उल्लेख गर्दै उनले यस्तो संवेदनशील अवस्थामा सरकार सङ्कट व्यवस्थापनमा सक्रिय हुनुको सट्टा मूकदर्शक बनेको आरोप लगाए।
दुलालका अनुसार सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा र आधारभूत आवश्यकताको सुनिश्चितता हुनुपर्ने हो, तर व्यवहारमा त्यसको अभाव देखिएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले निर्माणलगायत विभिन्न क्षेत्र ठप्प हुने अवस्थामा पुगेको र यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा परेको उनले बताए।
उनले चरम महँगी र आर्थिक सङ्कटका बेला सरकारसँग स्पष्ट योजना नभएको भन्दै तत्काल राहत प्याकेज ल्याउन आग्रह गरे। बजारमा दैनिक उपभोग्य वस्तुको भाउ आकासिँदा सामान्य नागरिकलाई जीवनयापन गर्नसमेत कठिन भइरहेको उनले उल्लेख गरे।
यस्तै, कृषिको मुख्य सिजन नजिकिँदै गर्दा मल अभाव हुन नदिन बेलैमा प्रभावकारी कदम चाल्न सरकारलाई उनले सुझाव दिएका छन्। हरेक वर्ष दोहोरिने मल अभावको समस्या यसपटक दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ।
सरकारले जनताका आधारभूत आवश्यकता र वर्तमान सङ्कटलाई बेवास्ता गरे अवस्था अझै भयावह बन्न सक्ने चेतावनी पनि उनले दिएका छन्।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१२ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



