

३७ यात्रुमध्ये २६ घाइते, ८ को अवस्था मध्यम
कपिलवस्तुमा बस दुर्घटना : २६ जना घाइते, ८ जनाको अवस्था मध्यम
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा गएराति भएको बस दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ४३७६ नम्बरको बस बिहीबार राति करिब १२:३० बजे आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार ३७ जनामध्ये २६ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य रहेको ट्राफिक इन्स्पेक्टर राजन ढकालले जानकारी दिए ।
घाइतेमध्ये १२ जना उपचारपछि डिस्चार्ज भई घर फर्किसकेका छन् भने बाँकी घाइतेहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१२ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



