

अम्बेडकर जयन्तीको अवसरमा ग्वालियरमा आयोजना हुने कार्यक्रममा प्रमुख वक्ता; हिसिला यमिसहित दिल्ली भ्रमणपछि स्वदेश फर्किने
भारतमा ‘लोहिया स्मृति व्याख्यान’ दिन डा. बाबुराम भट्टराई प्रस्थान गर्ने
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाने भएका छन्।
भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा आयोजित ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। समाजवादी चिन्तक राममनोहर लोहिया को स्मृतिमा हुने उक्त व्याख्यानलाई बौद्धिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।
भ्रमणमा पूर्वमन्त्री तथा नेतृ हिसिला यमि पनि सहभागी हुने कार्यक्रम छ। भीमराव अम्बेडकर को जन्मजयन्तीको अवसर पारेर वैशाख १ गते आयोजना हुने कार्यक्रमले सामाजिक न्याय, समावेशिता र लोकतान्त्रिक मूल्यबारे महत्वपूर्ण विमर्श गर्ने अपेक्षा गरिएको छ।
ग्वालियरमा आयोजना हुने कार्यक्रम सकेलगत्तै डा. भट्टराई नयाँ दिल्ली प्रस्थान गर्नेछन्। त्यहाँका भेटघाट तथा अन्य कार्यक्रम सम्पन्न गरेपछि उनी वैशाख २ गते साँझ स्वदेश फर्किने कार्यतालिका रहेको छ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१२ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



