प्रधानन्यायाधीश सिफारिसमा सुशीला कार्कीको तीव्र असन्तुष्टि, सरकारलाई चेतावनी

काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकारमाथि गम्भीर प्रश्न उठाएकी छन्।

कार्कीले वरिष्ठता मिच्दै चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको निर्णयलाई “विधि, परम्परा र न्यायिक मर्यादाविपरीत” भएको टिप्पणी गरिन्। उनले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल सक्षम हुँदाहुँदै किन बेवास्ता गरियो भन्ने गम्भीर प्रश्नसमेत उठाइन्।

उनले न्यायपालिकामा योग्यता, अनुभव र वरिष्ठताका आधारमा पदोन्नति हुने स्पष्ट परम्परा रहेको उल्लेख गर्दै राजनीतिक प्रभावका आधारमा गरिएको निर्णयले न्यायालयको संस्थागत विश्वसनीयतामै असर पर्ने चेतावनी दिइन्।

कार्कीले भनिन्, “यति सक्षम महिला हुँदाहुँदै किन रोकियो? यसको परिणाम सरकारले पछि भोग्नुपर्छ।”

उनका अनुसार न्यायपालिका प्रहरी प्रशासनजस्तै क्रमिक पदोन्नतिको प्रणालीमा चल्ने संस्था भएकाले स्थापित अभ्यास र वरिष्ठता मिचेर गरिने निर्णय दीर्घकालीन रूपमा गलत सावित हुन सक्छ।

साथै, उनले सपना प्रधान मल्लले कानुन निर्माण, महिला अधिकार, समावेशी न्याय र संवैधानिक बहसमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यस्तो व्यक्तित्वलाई बेवास्ता गर्नु न्यायिक मूल्य र संस्थागत मर्यादाका दृष्टिले उचित नभएको बताइन्।

Facebook Comments Box
राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
२१ घण्टा अगाडि

1.7kViews 138 Shares Share on Facebook Share on Twitter काठमाडौं । राहदानी (पासपोर्ट) छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी…

TOP
336 Shares