

रवि लामिछाने र अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्ध र सहकार्यबारे गहन छलफल
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ।
मंगलबार साँझ भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यासको आदान–प्रदान, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
रास्वपाका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारत भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँग महत्वपूर्ण भेटघाटलाई निरन्तरता दिएको छ। यसअघि मंगलबार नै उनले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन तथा भारतका विदेशमन्त्री एस जयशंकरसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
भेटघाटहरूलाई नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे विचार आदान–प्रदान गर्ने अवसरका रूपमा हेरिएको छ। रास्वपाले पनि भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्ध सुदृढ बनाउने प्रयासका रूपमा व्याख्या गरेको छ।
लामिछाने सोमबार पाँचदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँग थप भेटघाट तथा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यतालिका रहेको बताइएको छ।
समाज
थप सामाग्री-
ठगी प्रकरणमा अनुसन्धान तीव्र, सामाजिक सञ्जालमार्फत प्रहरीमाथि आरोप लगाउँदै तुलसा अधिकारी
-
कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्ने एसएसपीहरूलाई आईजीपी कार्कीको निर्देशन
-
रंगेली प्रहरी कार्यालयमा सांसदलाई दिइएको ‘पिर्के सलामी’ विवादित, इन्स्पेक्टरमाथि छानबिन सुरु
-
सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वबीचको दूरी—प्रश्न प्रणालीगत हो, व्यक्तिक होइन
-
आईजीपी दानबहादुर कार्कीको निर्देशन : ‘प्रहरी जनविश्वासको आधार बन्नुपर्छ’
लमजुङमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सुदृढीकरणबारे एसपी काफ्लेको अनुगमन तथा अन्तरक्रिया
१६ घण्टा अगाडि
1.8kViews 142 Shares Share on Facebook Share on Twitter लमजुङ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी)…



