आईजीपी दानबहादुर कार्कीको निर्देशन : ‘प्रहरी जनविश्वासको आधार बन्नुपर्छ’

विराटनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कोशी प्रदेश तथा मातहतका इकाइमा कार्यरत प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता, सेवामुखी व्यवहार र प्रभावकारी सुरक्षा व्यवस्थापनमा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन्।

कोशी प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरीले नागरिकको जन्मदेखि मृत्यु सम्मका विभिन्न सामाजिक गतिविधि र परिस्थितिमा भरोसाको धरोहरका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

उनले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीप्रति समान व्यवहार, निष्पक्ष कार्यसम्पादन तथा अपेक्षारहित सेवा प्रवाह गर्न निर्देशन दिँदै प्रहरी कर्मचारीले सधैं शिष्ट, नम्र र जिम्मेवार व्यवहार प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

आईजीपी कार्कीले द्वन्द्व, बन्द, बाढी, पहिरो, आँधीहुरी लगायतका विपद् तथा चुनौतीपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा खटिनुपर्ने भएकाले प्रहरी कर्मचारी शारीरिक र मानसिक रूपमा सदैव तयारी अवस्थामा रहनुपर्ने बताए। त्यसका लागि नियमित शारीरिक व्यायाम, योग तथा ध्यानलाई दैनिक जीवनशैलीको हिस्सा बनाउन उनले आग्रह गरे।

कार्यक्रममा उनले खुला सीमाका कारण हुने भन्सार चोरी–निकासी, तस्करी तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै योजनाबद्ध प्रहरी परिचालनमार्फत अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन मातहतका प्रहरी अधिकृत तथा कर्मचारीलाई निर्देशन दिएका छन्।

आईजीपी कार्कीले नागरिकको विश्वास जित्दै शान्ति, सुरक्षा र सुशासन कायम गर्न नेपाल प्रहरीले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

Facebook Comments Box
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
२१ घण्टा अगाडि

1.4kViews 266 Shares Share on Facebook Share on Twitter पश्चिम नवलपरासीको सुस्ता फेरि एकपटक समाचारको मात्र होइन, राष्ट्रिय संवेदनशीलताको केन्द्रमा…

TOP
235 Shares