लमजुङमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सुदृढीकरणबारे एसपी काफ्लेको अनुगमन तथा अन्तरक्रिया

लमजुङ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको अनुगमन तथा निरीक्षण गर्दै ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

अनुगमनका क्रममा एसपी काफ्लेले कार्यालयको समग्र कार्यसम्पादन, सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा सम्बन्धी गतिविधिको समीक्षा गर्दै कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका हुन्। उनले ट्राफिक अनुशासन कायम गर्न, सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन तथा दुर्घटना न्यूनीकरणमा केन्द्रित भएर काम गर्न प्रहरी कर्मचारीलाई आग्रह गरेका छन्।

सो अवसरमा एसपी काफ्लेले लमजुङ जिल्लाका सरोकारवाला निकाय, यातायात व्यवसायी तथा सम्बन्धित पक्षहरूसँग अन्तरक्रिया तथा छलफलसमेत गरेका थिए। कार्यक्रममा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, सवारी साधनको सुरक्षित सञ्चालन तथा सडक दुर्घटना न्यूनीकरणका उपायबारे विस्तृत छलफल भएको थियो।

अन्तरक्रियामा सहभागीहरूले सडक सुरक्षाका चुनौती, ट्राफिक व्यवस्थापनका समस्या तथा सुधारका सम्भावित उपायबारे आफ्ना धारणा राखेका थिए। एसपी काफ्लेले सरोकारवाला निकायबीचको समन्वय र सहकार्यबाट मात्रै सडक दुर्घटना नियन्त्रण तथा सुरक्षित यातायात प्रणाली निर्माण सम्भव हुने बताएका छन्।

ट्राफिक प्रहरीका अनुसार यस्ता अनुगमन, निरीक्षण तथा अन्तरक्रिया कार्यक्रमले सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Facebook Comments Box
लमजुङमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सुदृढीकरणबारे एसपी काफ्लेको अनुगमन तथा अन्तरक्रिया
१८ घण्टा अगाडि

1.8kViews 142 Shares Share on Facebook Share on Twitter लमजुङ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी)…

TOP
142 Shares