

कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्ने एसएसपीहरूलाई आईजीपी कार्कीको निर्देशन
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा प्रहरी अतिरिक्त महानिरीक्षकहरूको उपस्थितिमा कार्यालय प्रमुखको जिम्मेवारीमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई निर्देशन तथा सम्बोधन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले नयाँ जिम्मेवारी प्राप्त गरेका एसएसपीहरूलाई संगठनको नीति, व्यावसायिकता, सुशासन, अनुशासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन विशेष ध्यान दिन निर्देशन दिए।
उनले प्रहरी संगठनप्रतिको जनविश्वास थप मजबुत बनाउन कानुनको निष्पक्ष कार्यान्वयन, नागरिकमैत्री सेवा, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्न आग्रह गरे। साथै जिम्मेवारी निर्वाहका क्रममा पारदर्शिता, जवाफदेहिता र उच्च नैतिक आचरण कायम राख्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उपस्थित प्रहरी अतिरिक्त महानिरीक्षकहरूले समेत सरुवा भएका कार्यालय प्रमुखहरूलाई आफ्नो कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संगठनको प्रतिष्ठा अभिवृद्धि हुने गरी कार्य गर्न सुझाव दिएका थिए।
नयाँ जिम्मेवारीमा खटिएका एसएसपीहरूले संगठनको लक्ष्य तथा निर्देशनअनुसार प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



