

टिकटक स्टार तुलसा अधिकारीविरुद्ध २१ करोडको सम्पत्ति शंका, सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौं । हनी ट्र्यापमार्फत करोडौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी टिकटक स्टार तुलसा अधिकारीविरुद्ध स्रोत नखुलेको करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्ति भेटिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार कुमार चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी भएको भन्दै दिएको जाहेरीका आधारमा अधिकारी पक्राउ परेकी हुन् । सोही अनुसन्धानका क्रममा उनको नाममा रहेको भनिएको ठूलो परिमाणको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको बताइएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उक्त सम्पत्तिको वैध स्रोत खुलाउन नसकेपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा समेत अघि बढाइएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमै ठूलो रकमको वित्तीय कारोबार र सम्पत्तिको विवरण देखिएको जनाएको छ । तर ती सम्पत्तिको वास्तविक स्रोत के हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।
यसैबीच, आरोपित अधिकारीले पनि बयानका क्रममा सम्पत्तिको स्रोतबारे स्पष्ट विवरण दिन नसकेको अनुसन्धान स्रोतले जनाएको छ ।
यदि आरोप पुष्टि भएमा सम्पत्ति शुद्धीकरण तथा ठगीसम्बन्धी कानुनअनुसार कारबाही हुन सक्ने कानुनविद्हरूको भनाइ छ । प्रहरीले भने अनुसन्धान जारी रहेको र अन्तिम निष्कर्ष आउन बाँकी रहेको स्पष्ट पारेको छ ।
समाज
थप सामाग्री-
ठगी प्रकरणमा अनुसन्धान तीव्र, सामाजिक सञ्जालमार्फत प्रहरीमाथि आरोप लगाउँदै तुलसा अधिकारी
-
कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्ने एसएसपीहरूलाई आईजीपी कार्कीको निर्देशन
-
रंगेली प्रहरी कार्यालयमा सांसदलाई दिइएको ‘पिर्के सलामी’ विवादित, इन्स्पेक्टरमाथि छानबिन सुरु
-
सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वबीचको दूरी—प्रश्न प्रणालीगत हो, व्यक्तिक होइन
-
आईजीपी दानबहादुर कार्कीको निर्देशन : ‘प्रहरी जनविश्वासको आधार बन्नुपर्छ’
लमजुङमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सुदृढीकरणबारे एसपी काफ्लेको अनुगमन तथा अन्तरक्रिया
१४ घण्टा अगाडि
1.7kViews 142 Shares Share on Facebook Share on Twitter लमजुङ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी)…



